Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सरकारसँग जवाफ छैन, लाज छोप्न पनि गाह्रो भइरहेको छ : झाँक्री

सरकारसँग जवाफ छैन, लाज छोप्न पनि गाह्रो भइरहेको छ : झाँक्री

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन्।

    राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले पूर्वप्रधानन्यायाधीश पक्राउ गर्नुको आधार र कारण दिन नसकेर सरकारलाई लाज छोप्न समेत धौ-धौ परिरहेको टिप्पणी गरेकी हुन्।

    images

    सांसद झाँक्रीले कार्यकारी प्रमुखमा रहने शक्तिको दुरुपयोग गर्दै सरकारले न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार गरिरहेको भन्दै आपत्ति जनाइन्। कुनै आधार, प्रमाण वा स्पष्ट कारणविना देशको पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिनु लोकतान्त्रिक मूल्य-मान्यता विपरीत रहेको उनको भनाइ छ।

    संसद्‌मा बोल्दै सांसद झाँक्रीले भनिन्, ‘फाँसीवाद वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियाँमा धेरै किताबहरू लेखिएका छन्। हामी अहिले यस्तै अभ्यास गर्न अभिशप्त हो कि जस्तो देखिन्छ। अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गिरफ्तारीमा पर्नुभयो, तर सरकारसँग जवाफ छैन। देशको कार्यकारी प्रमुखमा असीमित शक्ति छ भन्ने ठानेर न्यायालय र व्यवस्थापिका दुवै अङ्गमाथि अप्रत्यक्ष प्रहार गरिएको हो कि भन्ने आशङ्का उब्जिएको छ।’

    जबरा पक्राउ प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय सभाध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्को कठघरामा उभ्याएर कडा प्रश्न सोधिनुपर्ने र चित्तबुझ्दो जवाफ माग्नुपर्नेमा उनले जोड दिएकी छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार