Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हिमलुङ हिमपहिरो : थप चार जनाको शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

हिमलुङ हिमपहिरो : थप चार जनाको शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौं ।  मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या ११ पुगेको छ।

    हराइरहेकाहरूको खोजी गर्ने क्रममा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले बिहीबार थप चार जनाको शव फेला पारेको जनाएको छ। थप चार शव फेला परेसँगै हिमलुङ हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको हो। 

    images

    अनुभवी माउन्टेन गाइड पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको टोलीले आज पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको थियो।

    यही असोज ११ गते हिमलुङ हिमालमा भीषण हिमपहिरो गएको थियो। उक्त हिमपहिरोमा परी कुल १६ जना बेपत्ता भएका थिए। जसमध्ये ११ जनाको शव फेला परेको छ भने बाँकी ५ जना अझै बेपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार