Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनु पर्छ : उपप्रधानमन्त्री सिंह

युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनु पर्छ : उपप्रधानमन्त्री सिंह

शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।

    शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा केसीसी एक्जिबिट उद्घाटन गर्दै सिंहले नेपालमा केहि भएन भन्दै विदेशीने क्रम बढिरहेको अवस्थामा सकारात्मक सोचका साथ अघि बढ्न सक्नुपर्नेमा जोड दिए। उनले  सूचनाप्रविधि क्षेत्रमा भएका विकासलाई उपयोग गर्दै युवाहरूले देशभित्र नै त्यसको फाइदा लिनसक्ने बताए । 

    images

    मन्त्री सिंहले राजनीतिक अस्थीरताका कारण समस्या देखिएकाले ठूला दल मिलेर सरकार बनाउनु परेको बताएका छन्। उनले जनतामा देखिएका विभिन्न समस्याको समाधान गर्दै देशको विकास गर्न सरकारको ध्यान केन्द्रीत हुने धारणा राखे । अहिले देखिएका असन्तुष्टिहरूलाई लोकतान्त्रिक पद्दती अनुसार शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने उनले बताए।

    केसीसी एक्जिबिटमा सूचना प्रविधि,इन्जिनियरिङ क्षेत्रलगायतका व्यवहारिक ज्ञानका नमूनाहरूको प्रदर्शनी स्टल दुई दिनसम्म चल्ने छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार