Nov 03 2026 | २०८३ कार्तिक १८ गते

वैदेशिक रोजगारीका नाममा आकर्षक तलब देखाएर लाखौं ठगी : दुई पक्राउ

वैदेशिक रोजगारीका नाममा आकर्षक तलब देखाएर लाखौं ठगी : दुई पक्राउ

शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं ।  वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सुर्खेत चिङगाड गाउँपालिका-५ घर भएका ३२ वर्षीय सुरेश राना र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय राजेश बिष्ट रहेका छन् ।

    बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

    images

    सुरेशले ८ जना पीडितहरूबाट १५ लाख ९३ हजार ५ सय रूपैयाँ र राजेशले १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार