Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्वोच्चको फैसलापछि डा. बद्री केसी वालुवाटारस्थित सचिवालयमा फर्किए

सर्वोच्चको फैसलापछि डा. बद्री केसी वालुवाटारस्थित सचिवालयमा फर्किए

बुधवार, श्रावण ३० २०८१
  • काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा.बद्री केसी  वालुवाटारस्थित सचिवालयमा फर्किएका छन्।

    सर्वोच्चद्वारा ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिएसँगै ६ महिनापछि उनी मंगलवार सचिवालयमा फर्किएका हुन् ।

    images

    एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते मंगलबार  फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रूपमा काम कारबाही गर्न पाउने ठहर गरेको थियो ।

    २१ चैतमा सर्वोच्च अदालतले एनआरएनएको कार्यसमितिलाई अमान्य ठहर गरेपछि मन्त्रालयले पत्रचार गर्दै डा.केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न रोक लगाएको थियो।

    जिम्मेवारीबाट मुक्त भएका उनी झण्डै ६ महिनासम्म कामविहिन बनेका थिए।

    वालुवाटार फर्किए लगतै अध्यक्ष डा.केसीले सर्वोच्चको फैसलाले विभाजित एनआरएनएलाई एकताको सुत्रमा बाँध्न मद्दत पुग्ने भन्दै फैसलाको सबैले सम्मान गर्नुपर्ने बताए। ‘भविष्यका लागि पनि यसले नजिर स्थापित गरेको छ,’ केसीले भने,‘महाधिवेशन स्वायत्त र सार्वभौम निकाय हो भन्ने फैसलाले स्पष्ट गरेको छ। यसबाट हामी सबै उत्साहित छौं।’ एनआरएनएमा एकता भए मात्रै एजेन्डा, मुद्दा र अधिकार बलियो हुने भन्दै डा.केसीले अब विगतका तिता क्षण बिर्सेर सबैजना एकताबद्ध भई एनआरएनए आन्दोलन अघि बढाउनु पर्ने बताए। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार