Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पोर्चुगलमा राहदानी घुम्ती सेवा सम्पन्न

पोर्चुगलमा राहदानी घुम्ती सेवा सम्पन्न

बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनमा राहदानी घुम्ती सेवा सम्पन्न भएको छ ।

    गत अगस्ट २ देखि अगस्ट १३ सम्म राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गरेको हो । घुम्ती सेवा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति पोर्चुगलले व्यवस्थापन गरेको हो ।

    images

    घुम्ती सेवाबाट ३ हजार ८२९ जना नेपालीहरूले राहदानी नवीकरणको सेवा लिएको दूतावासले जनाएको छ । जसमा १२१ जना नाबालक, ३ हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४,९१,५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको छ ।

    उक्त घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली दूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए ।घुम्ती सेवाको ले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए।

    पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार