Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौँ । मानव बेचबिखनमा संलग्न आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका वडा नम्बर–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपाने छन् ।

    आर्थिक अवस्था कमजोर भएकी महिलालाई उनले मैरिससमा ७० हजार कमाई र ग्रिनकार्ड पाइनले लोभ देखाएर मौरिसस लगेका हुन् । पीडितसँग २ लाख ५० हजार रकम समेत लिएर मौरिसरमा लगेर त्यहाँको नागरिकलाई जिम्मा लगाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितलाई मौरिससका नागरिकले घरेलु काममा लगाएर यौन शोषण गरेको ब्युरोका एसपी गौतम मिश्रले बताए ।

    images

    आरोपी विरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार