काठमाडौं । बेलायतमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ।
गोरखाली समाज यूकेको आयोजना तथा ग्लोबल गोरखा समाजको सह-आयोजनामा आउँदो ३१ अगष्ट र १ सेप्टेम्बमा बेलायतको अल्डरसोटमा रहेको शिव कल्चर मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुन लागेको हो। महायज्ञमा पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गर्ने गोरखाली समाज यूकेका अध्यक्ष हेम कुमार गुरुङले बताए ।
महायज्ञबाट संकलित रकम गोरखा जिल्लाको स्वास्थ्य अन्तर्गत अशक्त, असहाय र बेसहाराको सहयोगार्थ अक्षयकोष स्थापना लगायत शिक्षा तथा आपतकालिन सहयोमा खर्च गरिने आयोजकले बताएका छन्।



