काठमाडौं । गएराति बुढानिलकण्ठ नगरपालिका १ तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेल्ने, खेलाउने ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिक प्रवेश गराई क्वाइनमा नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन्।
उनीहरुको साथबाट मोबाइल थान ९, नगद सटही गर्न प्रयोग हुने क्वाईन ५० हजार लेखिएको क्वाइन ८ थान , १० हजार लेखिएको क्वाइन १९ थान , १ हजार लेखिएको थान ८८ क्वाइन ,१००रुपैयाँ लेखिएको क्वाइन ५ थान र १० लाख ८५,६०० रुपैंयाँ बरामद भएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको थापाले बताए ।
को-को परे पक्राउ ?
१. जिल्ला रामेछाप, गोकुलगंगा गाउँपालिका-६ घर भई जिल्ला काठमाडौं, कागेश्वरी मनहरा न.पा.- ४ थली बस्ने वर्ष ३४ को बिकी लामा,
२. जिल्ला सोलुखुम्बु, माकालुङ गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने वर्ष ३९ को नुवाङ शेर्पा,
३. जिल्ला सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-६ घर भई गोकर्णेश्वर नगरपालिका-९ बस्ने वर्ष ३९ को पाशाङ शेर्पा,
४. जिल्ला सिन्धुली, गोलन्जर गाउँपालिका-५ घर भई कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने बर्ष ३२ को ज्योती मगर,
५. जिल्ला दोलखा, वैतेश्वर गाउँपालिका-८ घर भई काठमाडौं बानेश्वर बस्ने वर्ष ३५ को नारायण खत्री,
६. जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ घर भई बस्ने वर्ष ४४ को दिल लामा,
७. जिल्ला काभ्रे, रोशी गाउँपालिका-१ घर भई काठमाडौं ठमेल बस्ने वर्ष ४४ को अशोक लामा,
८. जिल्ला नुवाकोट, दुप्चेश्वर गाउँपालिका-३ घर भई गोकर्णेश्वर नगरपालिका -५ बस्ने वर्ष ३२ को संजय तामाङ,
९. जिल्ला रामेछाप, उमाकुण्ड गा.पा.- ४ घर भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका-३ बस्ने वर्ष ४० को आषिश खड्का,
१०. जिल्ला ललितपुर, ललितपुर महानगरपालिका-६ बस्ने वर्ष ४९ को सविनमान श्रेष्ठ,
११. जिल्ला धनकुटा, जोरपाटी गाउँपालिका-४ घर भई काठमाडौं पेप्सीकोला बस्ने वर्ष ३० को सुदिप अधिकारी ।



