Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वडा नं. ७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने  २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।

    माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक दुई लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी  ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार थिइन ।

    images

    माझीलाई साउन १५ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति समेत जारी भएपछि उनको  खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको प्रहरी टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो  ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार