Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली दूतावास यूएईको एक वर्षे कार्यसम्पादन विवरण सार्वजनिक

नेपाली दूतावास यूएईको एक वर्षे कार्यसम्पादन विवरण सार्वजनिक

आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईस्थित नेपाली दूतावासले एक वर्षको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । दूतावासले गत आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरिएका सेवाहरुको विवरण सार्वजनिक गरेको हो ।

    दूतावासले गत आर्थिक वर्ष २०८०/८१ मा ४६ हजार ४०४ जनाको पासपोर्ट नवीकरणका लागि संकलन भएको जनाएको छ । भने जसमध्ये ४३ हजार ७१८ वटा पासपोर्ट नवीकरण पश्चात वितरण गरिएको तथ्याङ्कमा उल्लेख गरेको छ ।

    images

    त्यसैगरी ७०२ जनालाई भिसा प्रदान गरिएको छ,भने ४४ जनाको जन्मदर्ता समेत गरिएको छ  । दूतावासले दुई हजार १३५ जनाको ट्राभल डकुमेन्ट बनाइएको विवरणमा उल्लेख छ । दुई हजार ८४ जनाको कागजात प्रामाणीकरण गरिएको छ भने रोजगारीका लागि संस्थागत रुपमा आएको दुई हजार ९७२ वटा मागपत्र प्रमाणीकरण भएको दूतावासले जनाएको छ । एक हजार ६७१ वटा समूहगत भिसा प्रमाणीकरण गरेको छ । 

    दूतावासले विभिन्न कारणले मृत्यु भएका २३१ नेपालीहरुको वटा शव व्यवस्थापन गरेको छ । यसैगरी गत आवमा क्षतिपूर्ति र इन्स्योरेन्सबापत ३४ लाख ४६ हजार ५०० दिर्हाम अर्थात् झण्डै (१२ करोड ६० लाख ७८ हजार) रुपैयाँ खर्च भएको दूतावासले जनाएको छ ।

    यस्तै एक वर्षमा विभिन्न माध्यमबाट आएका सात हजार ५३४ वटा गुनासा तथा उजुरीहरुको सम्बोधन गरेको उल्लेख छ । दूतावासले कार्यसम्पादन विवरण महिनैपिच्छे सार्वजनिक गर्दै आइरहेको भएपनि यो पटक वर्षिकरुपमा एकमुष्ठ कार्यसम्पादनको विवरण सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार