Oct 28 2026 | २०८३ कार्तिक १२ गते

केयरगिभरका लागि इसराइल जान पेस भएका कागजात जाँच हुने

केयरगिभरका लागि इसराइल जान पेस भएका कागजात जाँच हुने

आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । इसराइलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानकालागि श्रमिकहरूले पेस गरेको कागजातको आधिकारिकता जाँच हुने भएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। रिमालको संयोजकत्वमा गठन गरिएको समितिले नेपालबाट लैजान लागिएका सहायक कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्ने छ ।

    images

    पछिल्लो पटक इसराइलले नेपालबाट दुई हजार केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले भर्ना प्रक्रिया अगाडि बढाएको थियो। तर भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको कुरा आएपछि विभागले स्वीकृत गरेका कागजातमाथि पनि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो।

    विभागका अनुसार इसराइल केयरगिभरमा जानका लागि चार हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला) ले आवेदन दिएका थिए। आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार