Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवा बाढीपीडितका लागि कैदीबन्दीले दिए ५ लाख ५१ हजार

रसुवा बाढीपीडितका लागि कैदीबन्दीले दिए ५ लाख ५१ हजार

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरूले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका छन्।

    बिहीबार कारागारमा आयोजित एक कार्यक्रमका बीच कैदीबन्दीका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम बैंकमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

    images

    उनले रसुवाको बाढी तथा नुवाकोट र त्रिशूली क्षेत्रमा भएको तहसनहस ‘महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको बताए।

    पौडेलले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दी पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको मन जोडिएको बताए । सहयोग रकम आर्थिक रूपमा जस्तो भए पनि यसको मानवीय महत्व र भावना अत्यन्त ठूलो र अमूल्य रहेको उनको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार