Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बाढीको आर्थिक क्षतिबारे सरकारलाई दिने निर्देशन तयार पार्न अर्थ समितिले बनायो उपसमिति

बाढीको आर्थिक क्षतिबारे सरकारलाई दिने निर्देशन तयार पार्न अर्थ समितिले बनायो उपसमिति

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन गरेको छ।

    आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर सो निर्देशन/सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिइएको छ।

    images

    उपसमितिको संयोजक सुशील खड्का तोकिएका छन् । उपसमितिमा नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, पुष्प चौधरी, प्राडा पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त वैद्य रहने गरी ७ सदस्यीय उपसमिति बनाइएको हो । अर्थ समिति सभापति डा. कृष्णहरी बुढाथोकी अनुसार उपसमितिलाई २ असोज भित्र प्रतिवेदन बुझाउन समयावधि दिइएको छ।

    प्रधानमन्त्री बालेन शाह ६ असोजमा संयुक्त राष्ट्रसंघ महासभामा भाग दिन प्रस्थान गर्दैछन् । सोही अनुसार अर्थ समितिले सो भ्रमण अगाडी बैठक राखेर सरकारलाई निर्देशन दिने उनले जानकारी दिए । आजको बैठकमा सांसदहरुले पुनर्निर्माणका लागि आवश्यक रकमको जोहो कसरी हुन्छ भन्नेबारे जिज्ञासा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार