Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नेपालको पीडा देख्न सकिनँ : बाढीपीडितका लागि उत्तर प्रदेशका १० वर्षीय बालकले बुझाए खुत्रुके

नेपालको पीडा देख्न सकिनँ : बाढीपीडितका लागि उत्तर प्रदेशका १० वर्षीय बालकले बुझाए खुत्रुके

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीले धेरैलाई प्रभावित पारेका बेला मानवता झल्किने दृश्य पनि देखिएका छन्।

    भारतको उत्तर प्रदेशस्थित कुशीनगरका एक १० वर्षीय बालकले आफ्नो सबैभन्दा ठुलो बचत अर्थात् खुत्रुके नै सहयोगस्वरूप बुझाएका छन्।

    images

    कक्षा ३ मा अध्ययनरत अल्फाज शेखले जिल्ला अधिकारी महेन्द्रसिंह तनवारलाई आफ्नो खुत्रुके हस्तान्तरण गरेका हुन्। नेपालका बाढीपीडितको पीडा सहन नसकेर आफूले सकेको सानो सहयोग गरेको अल्फाजले बताएका छन्।

    अल्फाजले भने, ‘भयावह बाढीका कारण नेपालमा धेरै मानिसले ज्यान गुमाएको र घरबारविहीन भएको दृश्य युट्युबमा देखेँ।’ उनले थपे, ‘त्यसैले म मेरो खुत्रुके दान गर्न चाहन्छु।’

    अल्फाजले विगत एक वर्षदेखि रकम जम्मा गर्दै आएका थिए। नेपालको विनाशकारी दृश्य देखेएपछि उनले उक्त बचत दिने निर्णय गरी आफ्ना हजुरबुबालाई यसबारे जानकारी गराएका थिए। अल्फाजको यो प्रयासको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा भइरहेको छ।

    इन्स्टाग्राममा एक प्रयोगकर्ताले ‘यति दयालु हृदय’ भन्दै टिप्पणी गरेका छन्। अर्का प्रयोगकर्ताले ‘भगवानले यो बालकको कल्याण गरून्’ भन्दै शुभेच्छा प्रकट गरेका छन्। अन्य मानिसहरूले इमोजीमार्फत ती १० वर्षीय बालकलाई सलाम गरेका छन्।

    गत अगस्ट २६ मा चीन-नेपाल सीमा क्षेत्रमा आएको भीषण बाढीका कारण दुवै देशमा गरी १३ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५,५०० भन्दा बढी मानिस बेपत्ता छन्। नेपालमा भग्नावशेषबीच बेपत्ताहरूको खोजी कार्य जारी छ।

    विपद्को केन्द्रविन्दु बनेको रसुवानजिकैका धेरै समुदायहरू अझै पनि सम्पर्कविहीन अवस्थामा छन्। भदौ १० को बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपालले सोमबार राष्ट्रिय शोक मनाइरहेको छ। देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भोटेकोशीको बाढीले पहाडी जिल्लाहरूमा क्षति पुर्‍याउँदै सडक, पुल तथा जलविद्युत् बाँधहरू नष्ट पारेको छ।

    यस प्रकोपले नुवाकोट र धादिङका केही भागसहित त्रिशूली नदीको तल्लो तटीय क्षेत्रलाई समेत प्रभावित बनाएको छ। बाढीका कारण यातायात, विद्युत्, खानेपानी र अन्य अत्यावश्यकीय सेवाहरू अवरुद्ध भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार