Nov 04 2026 | २०८३ कार्तिक १९ गते

राहत प्याकेजले सुधार्‍यो सेयर बजार, १८ अङ्कले सूचक बढ्दा झण्डै ४ अर्बको कारोबार

राहत प्याकेजले सुधार्‍यो सेयर बजार, १८ अङ्कले सूचक बढ्दा झण्डै ४ अर्बको कारोबार

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। आज नेप्से १८.०७ अङ्कले बढेर २५६०.८४ विन्दुमा पुगेर बन्द भएको छ।

    आज बजारमा कुल ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ।

    images

    आज कुल १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज पियोर इनर्जी नामक कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको उछाल आउँदा अन्य धेरै बढ्ने कम्पनीहरूको मूल्य एकल अङ्कमा मात्रै सीमित छ।

    आज फाइनान्स र ट्रेडिङ बाहेक सबै सूचक बढेका छन् । निर्जीवन बीमा कम्पनी सूचक सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ । बाढीका कारण विभिन्न संरचना बन्द हुँदा निर्जीवन बीमा क्षेत्रमा देखिएको पहिरो अहिलेको सुधारले थामेको देखिएको छ । बैंकिङ र उत्पादनमूलक क्षेत्रमा समेत सोही अनुसारको वृद्धि देखिएको छ।

    कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २५ करोड २१ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, गरिमा विकास बैंकको १७ करोड ८८ लाख, सोलु हाइड्रोपावरको १६ करोड २७ लाख र एसवाई प्यानलको १३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार