Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेतमा घरेलु कामदारले अब निजी क्षेत्रमा पनि काम गर्न पाउने !

कुवेतमा घरेलु कामदारले अब निजी क्षेत्रमा पनि काम गर्न पाउने !

बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौँ । कुवेत सरकारले आप्रवासी घरेलु कामदारले भिसा परिवर्तन गरी निजी क्षेत्रमा पनि काम गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।

    सरकारले घरेलु कामदारले भिसा परिवर्तन गरी निजी क्षेत्रमा काम गर्न पाउने नयाँ नियम गत जुलाई १४ बाट कार्यान्वयनमा ल्याएको हो ।यस व्यवस्थाबाट खासगरी घरेलु कामदारको भिसामा त्यहाँ पुगेर अन्य क्षेत्रमा काम गर्न चाहने नेपाली कामदारहरुलाई सहज देखिएको छ ।

    images

    कुवेत सरकारको नियमअनुसार नेपालबाट जाने घरेलु कामदारले दर्ता भएका रोजगारदातासँग कम्तीमा एक वर्ष काम गरेपछि मात्रै भिसा परिवर्तनको सुविधा पाउने कानुनी व्यवस्था गरिएको छ । भिसा परिवर्तनको नियम लागू हुनुले ठूलो संख्यामा आप्रवासी कामदार खुसी भए पनि सीमित कामदारले मात्रै उक्त अवसर पाउन सक्ने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

    सन् २०२३ को अन्त्यमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुवेतमा एक लाख सात हजार भन्दा बढी नेपालीहरु घरेलु तथा निजी क्षेत्रमा कार्यरत रहेको दूतावासले जनाएको छ । नेपालबाट घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई कुवेत जान प्रतिबन्धित भए पनि गैरकानुनी बाटो हुँदै हजारौंको संख्यामा त्यहाँ पुग्ने गरेका सारोकारवालाहरू बताउछन् । कुवेतमा पछिल्लो समय घरेलु कामबाहेक सरसफाइका क्षेत्र, सुरक्षा गार्ड, निर्माण क्षेत्र, सुपरमार्केट, व्युटी पार्लर, रेस्टुरेन्टलगायतका क्षेत्रमा पनि थुप्रै नेपालीहरुले काम गरिरहेका छन् ।

    वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नयाँ र पुनः श्रम स्वीकृति लिएर ४० हजार ३६८ जना नेपाली रोजगारीका लागि कुवेत पुगेका छन् । जसमा महिलाको संख्या मात्रै १० हजार भन्दा बढी रहेको तथ्याङ्क छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार