काठमाडौँ । कञ्चनपुरका दोधारा चाँदनी नगरपालिका–१०, गौशाला नजिक महाकाली नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन्।
प्रारम्भिक जानकारीअनुसार बेपत्ता हुनेमा दोधारा चाँदनी–१० की सृष्टि सुनार रहेकी छन्।
घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनको खोजी कार्य सुरु गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



