काठमाडौँ । बङ्गलादेशमा अध्ययनरत करिब ४०० विद्यार्थीहरु सहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भईरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको भन्दै दूतावासले आफू बसेको स्थान नछाड्न आग्रह गरेको छ।
दूतावासले एक सूचना जारी बङ्गलादेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरु सहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र उनीहरुसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
साथै, नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भईसकेपछि मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ। विद्यार्थीहरूलाई कुनै समस्या भएमा ८८०१८८०६९१०१३ वा ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिने दूतावासले जनाएको छ ।



