Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ। एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रकालागि लिएको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    उक्त परिक्षा वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सन्चालन गरिएको थियो । 

    images

    ६६ हजार ३२६ जनाले परीक्षा दिएकोमा ८ हजार ९६५ जना उर्तीर्ण भएका छन्। उनीहरुको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको छ।

    परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिएको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिर्ण भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार