Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्रीको कार्यालयले भन्यो– प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्रीको कार्यालयले भन्यो– प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् ।

    ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालको भनाइ छ । प्रधानमन्त्री शाह आज शुक्रबार काठमाडौँबाट सडक मार्ग हुँदै पोखरा पुगेका छन् । त्यहाँबाट उनी मुस्ताङ जानेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार