Nov 02 2026 | २०८३ कार्तिक १७ गते

कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु; छ घाइते

कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु; छ घाइते

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

    मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीको सूचना पाएलगत्तै दमकलका पाँच वटा गाडी घटनास्थल पुगेका थिए। प्रहरी तथा विपद् व्यवस्थापन टोलीले पनि तत्काल उद्धार तथा राहत कार्य सुरु गरेका थिए।

    images

    दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिए पनि होटलभित्र बाक्लो धुवाँ भरिएकाले माथिल्ला तलामा पुगेर उद्धार गर्न कठिनाइ भएको बताइएको छ। आगो नियन्त्रणमा आएपछि अहिले भवनलाई चिस्याउने तथा सम्भावित रूपमा फसेका मानिसहरूको खोजी गर्ने काम भइरहेको छ।

    प्रहरीका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु पुष्टि भएको छ। घटनामा छ जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ। मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

    घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन। प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ भने उद्धार तथा खोजी अभियानलाई प्राथमिकता दिइएको जनाएको छ।संयोगवश, पश्चिम बङ्गाल अग्निशमन विभागको मुख्यालय पनि घटनास्थलनजिकै रहेको बताइएको छ।

    केही दिनमै अर्को होटलमा ठूलो आगलागी

    कोलकाताको यो घटनाभन्दा दुई दिनअघि पश्चिम बंगालकै बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा पनि भीषण आगलागी भएको थियो। सोमबार बिहान करिब ४ः३० बजे भएको उक्त घटनामा नौ जनाको मृत्यु भएको थियो।

    चारतले होटलको भुइँतलाबाट सुरु भएको आगो दोस्रो तलासम्म फैलिएको थियो। अधिकांश पाहुना सुतिरहेका बेला लागेको आगोबाट निस्किएको बाक्लो धुवाँ माथिल्ला तलासम्म पुगेपछि धेरै मानिस कोठामै फसेका थिए। घटनाका बेला होटलमा ४३ जना पाहुना रहेको बताइएको छ।

    सो घटनामा मेघालयको एउटै परिवारका पाँच सदस्यको समेत मृत्यु भएको थियो। प्रहरीले होटल सञ्चालक कल्याण पालसहित दुई जनालाई हिरासतमा लिएर आगलागीका क्रममा सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरीबारे अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार