Nov 02 2026 | २०८३ कार्तिक १७ गते

थपलियालाई दलको नेता कायमै राखेर थापालाई मुख्यमन्त्री बनाउने तयारी

थपलियालाई दलको नेता कायमै राखेर थापालाई मुख्यमन्त्री बनाउने तयारी

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी भएको छ।

    प्रदेश सभा संसदीय दलको बैठकअघि नेताहरूबिच भएको छलफलमा मध्यमार्गी बाटो खोज्दै यसमा सहमति गर्ने तयारी भएको हो। सहमति लगत्तै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी छ। सहमति जुटाउन नेताहरू मङ्गलबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए।

    images

    एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहितको उपस्थितिमा संसदीय दलको नेता तथा भावी मुख्यमन्त्री चयन गर्ने सवालमा छलफल भएको हो।

    हेटौँडामा बस्नेत, भट्टराईले प्रदेश सभा सदस्य एवं मुख्यमन्त्री पदका आकाङ्क्षी किरण थापा, संसदीय दलका नेता जगन्नाथ थपलिया(जेएन)सहितसँग छलफल गरी सहमतिमै निकास खोज्ने प्रयास गरेका हुन्।एमाले नेता केशव पोखरेलले थपलियालाई दलको नेता कायमै राखेर थापालाई मुख्यमन्त्री बनाउने सहमति हुन लागेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार