काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले श्रेष्ठका सिर्जना, विचार र योगदान नेपाली समाजमा सधैँ जीवित रहने बताएका छन् । उनले जनकवि श्रेष्ठका चर्चित सिर्जना ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’लाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
प्रधानमन्त्री शाहले श्रेष्ठले देखाएको मार्गमा निरन्तर अघि बढिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।



