Nov 02 2026 | २०८३ कार्तिक १७ गते

ललितपुरमा स्किन एण्ड हेयर हब नेपाल सञ्चालनमा, विशेष छुटको व्यवस्था

ललितपुरमा स्किन एण्ड हेयर हब नेपाल सञ्चालनमा, विशेष छुटको व्यवस्था

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । ललितपुरको पुल्चोकस्थित निदान अस्पताल पछाडि नयाँ छाला तथा कपाल सम्बन्धी उपचार केन्द्र स्किन एण्ड हेयर हब नेपाल सञ्चालनमा आएको छ।भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस हबको सुरुवात छालारोग विशेषज्ञ डा. तानिया उप्रेती र निकेश बरालले गरेका हुन्।

    यस केन्द्रमा छाला, कपाल र नङ सम्बन्धी विभिन्न समस्याहरूको चिकित्सकीय पद्धतिबाट उपचार गरिने  डा  तानिया उप्रेतीले बताइन्।विशेषगरी डर्मेटोलोजी र एस्थेटिक सेवामा केन्द्रित यस हबमा मेलाज्मा (पोतो), डन्डीफोर (एक्ने), दाग,धब्बा (स्कार) को उपचारका साथै हेयर ट्रान्सप्लान्ट, बोटक्स र फिलर्स जस्ता आधुनिक एस्थेटिक सेवाहरू उपलब्ध गराइने बताइएको छ।

    images

    विभिन्न अस्पतालहरूमा छालारोग विशेषज्ञको रूपमा कार्य गरिसकेकी डा. उप्रेतीले सेवाग्राहीलाई एकै स्थानबाट सहज, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको जानकारी दिइन्।

    आफ्नै एउटा गुणस्तरीय र सेवाग्राहीले सहजै विश्वास गर्न सक्ने सेवा केन्द्र स्थापना गर्ने सोच अनुरूप यो हब सुरु गरिएको उनको भनाइ छ। पुल्चोकको मुख्य सडक नजिकै र सार्वजनिक यातायातको सहज पहुँच भएको क्षेत्रमा रहेकाले सेवाग्राहीका लागि यो स्थान पायक पर्ने सञ्चालकहरूको विश्वास छ।नयाँ ओपनिङको अवसरमा हबले आफ्ना विभिन्न सेवा तथा उपचार प्रक्रियाहरूमा १० देखि २० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार