Nov 02 2026 | २०८३ कार्तिक १७ गते

बैंकको केवाईसी अपडेट गर्ने बहानामा ठगी गर्ने चार जना पक्राउ

बैंकको केवाईसी अपडेट गर्ने बहानामा ठगी गर्ने चार जना पक्राउ

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।साइबर ब्युरो भोटाहिटीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा गत साउन ३१ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेहरूमा बाराको देवताल गाउँपालिका–४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१६ बस्ने २२ वर्षीय जय कुमार केवट, रामग्राम–१७ बस्ने २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ बस्ने २७ वर्षीय कुवेर थापा रहेका छन्।

    images

    उनीहरूले बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने वा माग्ने गरेका थिए। त्यसपछि बैंक खातामा पहुँच पुर्‍याएर रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्राविधिक विश्लेषणबाट खुलेको छ।

    पक्राउ परेकाहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच र विद्युतीय माध्यमसम्बन्धी ठगी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार