Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी महाशाखालाई आन्तरिक रोजगार महाशाखामा रुपान्तरण गरिने

वैदेशिक रोजगारी महाशाखालाई आन्तरिक रोजगार महाशाखामा रुपान्तरण गरिने

मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारी महाशाखालाई आन्तरिक रोजगार महाशाखामा रुपान्तरण गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंगलबार संसद् भवन परिसरमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।  

    वैदेशिक रोजगारी महाशाखा विदेश पठाउने मात्रै भयो भन्ने भ्रम पैदा भएकोले त्यसको पुनर्संरचना गरी आन्तरिक रोजगार महाशाखा बनाउन उनको भनाई थियो । मन्त्री भण्डारीले श्रम मन्त्रालयअन्तर्गतका आन्तरिक रोजगार महाशाखा बनाएपछि मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रूपमा निर्माण गर्ने दावी समेत गरे ।

    images

    उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने र उनीहरूलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने मुख्य चुनौती रहेको बताए  । मन्त्रालयले प्रत्येक पालिका अन्तर्गतको रोजगार सेवा केन्द्रलाई रोजगार हबको रूपमा विकास गर्न लागेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार