Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बंगलादेशबाट १३ सय भन्दा बढी विद्यार्थी फर्किए

बंगलादेशबाट १३ सय भन्दा बढी विद्यार्थी फर्किए

मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौं । बंगलादेशबाट नेपाल फर्कने विद्यार्थीको संख्या एक हजार ३०० सय नाघेको छ । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार, गत सोमबार ढाकास्थित नेपाली दूतावासको समन्वयमा १२६ नेपालीलाई स्वदेश फकाईएको थियो । सोमबारनै  ११४ विद्यार्थी सडकमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आएका हुन् ।

    images

    बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार