Nov 02 2026 | २०८३ कार्तिक १७ गते

संसदमा गृहमन्त्रीको खोजी

संसदमा गृहमन्त्रीको खोजी

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको खोजी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले देशभर विपद्को अवस्था रहेकाले सदनमा आएर गृहमन्त्रीले सरकारको तयारीबारे जानकारी दिनुपर्ने माग गरे।

    ‘गृहमन्त्रीज्यू आफ्नै निर्वाचन क्षेत्रमा गइरहनु भएको छ। यो राम्रो हो। मतदाताहरूले आफ्ना विगतका प्रतिबद्धता खोजिरहनुभएको छ। उहाँले चाहिँ आफ्नो मत फिर्ता लैजानु भनिरहनु भएको छ। तर, हामी यहाँ गृहमन्त्रीजीलाई खोजिरहेका छौं,’उनले भने।

    images

    उनले देशभर विपद्का घटना भइरहेकाले त्यसको प्रतिकार्यका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे। उद्धारको अवस्था,राहत सामग्री वितरण तथा पुनर्निर्माण र पुनर्स्थापनाको तयारीबारे पनि गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने उनको भनाइ छ।

    ‘विपद्मा देशभर के भइरहेको छ? प्रतिकार्यको के तयारी छ? रेस्क्यू कति भयो? राहत सामग्री कसरी पुर्‍याइएका छन्? पुनर्निर्माण र पुनर्स्थापनाबारे के तयारी भइरहेको छ? गृहमन्त्रीले यस  विषयमा सदनमा जानकारी दिनुपर्छ,’पुनले भने।

    सांसद पुनले एकातिर ग्यास र अर्कोतिर मल अभाव सिर्जना भएको भन्दै सरकार जनताप्रति जवाफदेही हुनुपर्ने पनि बताए। ‘एकातिर ग्यास अभाव,अर्कोतिर मल अभावको सिर्जना भएको छ। नयाँ भनेको लाइन थप्ने हो। जनताको सरकार जवाफदेही हुनुपर्छ,'उनले भने।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार