Nov 02 2026 | २०८३ कार्तिक १७ गते

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्न ढिला, दुई समूह आ–आफ्नो रणनीति बनाउँदै

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्न ढिला, दुई समूह आ–आफ्नो रणनीति बनाउँदै

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको बैठक बस्न ढिला भएको छ । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिए पनि एमालेका प्रदेश सभा सदस्यहरू गुटगत बैठकमा सहभागी हुँदा संसदीय दलको बैठक बस्न ढिला भएको हो।

    एमालेका प्रदेश सभा सदस्यहरू हेटौँडा–११ स्थित होटल स्मारकमा भेला भए पनि दुई समूहमा विभाजित भएर गुटगत रणनीति बनाइरहेका छन् । मंगलबार संसदीय दलको नेताबारे टुङ्गोमा पुग्न बैठक आह्वान गरिएको हो।

    images

    एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव ल्याइएपछि संसदीय दलको बैठक बस्न लागेको हो। संसदीय दलको नेतामा किरण थापाले आकाङ्क्षा राखेका छन् । थपलियाविरुद्ध उनकै अगुवाइमा अविश्वास प्रस्ताव ल्याइएको हो।

    थपलियाले भने मत विभाजनमा जाने अडान लिएका छन् । सहमतिमा संसदीय दलको नेताबारे टुङ्गो लाग्न नसकेमा मत विभाजनमा जाने तयारीसमेत भइरहेको एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिए । यसका लागि संसदीय दल दुई ध्रुवमा विभाजित भएर आ–आफ्नो रणनीति बनाउन सक्रिय रहेको ती प्रदेश सभा सदस्यको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार