Nov 02 2026 | २०८३ कार्तिक १७ गते

नाइमा मोबिलिटी एक्स्पोमा एथर इलेक्ट्रिक स्कुटरको ५०० भन्दा बढी बुकिङ

नाइमा मोबिलिटी एक्स्पोमा एथर इलेक्ट्रिक स्कुटरको ५०० भन्दा बढी बुकिङ

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । वैद्य इनर्जीअन्तर्गतको एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ हासिल गरेको छ।छ दिनसम्म चलेको एक्स्पोमा नयाँ इलेक्ट्रिक स्कुटर, प्रविधि र बलियो ओनरसिप इकोसिस्टमप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको कम्पनीले जनाएको छ।

    यो उपलब्धि छुट योजनाका कारण नभई ग्राहकको विश्वास, ब्याट्री एश्योरेन्स, सर्भिस र चार्जिङ पूर्वाधारमा गरिएको निरन्तर लगानीको परिणाम भएको बताइएको छ। एथरले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिँदै कम्तीमा ७० प्रतिशत ब्याट्री हेल्थ कायम रहने ग्यारेन्टी गरेको छ। नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेका छन्।

    images

    एक्स्पोमा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिजले ग्राहकको विशेष ध्यान खिचेको थियो। यसमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथर जस्ता आधुनिक सुविधाहरू रहेका छन्।नाइमामा ग्राहकबाट प्राप्त प्रतिक्रिया निकै उत्साहजनक रहेको एथर नेपालले जनाएको छ। ग्राहकले अल्पकालीन अफरभन्दा पनि उत्पादनमा विश्वास, ब्याट्रीमा सुनिश्चितता र सहज प्रविधिलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार