Nov 02 2026 | २०८३ कार्तिक १७ गते

‘नागरिक बिचल्लीमा परे, लौन सरकार हारगुहार सुनिदिनुपर्‍यो’

‘नागरिक बिचल्लीमा परे, लौन सरकार हारगुहार सुनिदिनुपर्‍यो’

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । रास्वपा सांसद रञ्जु दर्शना (न्यौपाने)ले स्वास्थ्य बिमा रोकिँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै जसरी हुन्छ सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्।मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले यस्तो बताएकी हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बारे पनि चासो देखाइन्।

    ‘के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ’, उनले भनिन्, ‘त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ।’त्यस्तै उनले स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर सञ्चालनमा ल्याइदिन पनि माग गरिन् । ‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो’, न्यौपानेको भनाइ छ।

    images

    सांसदले राष्ट्र बैकमा सुन राखेर ऋण लिएकाहरूले गत भदौ २४ को घटनामा सुन पनि लुटिएपछि न सुन पाएको न त्यो सुनको पैसा पाएको भन्दै उनीहरूको हारगुहार सुनिदिन आग्रह गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार