Oct 28 2026 | २०८३ कार्तिक १२ गते

योगदान राष्ट्रका लागि अभियान यूएईको अध्यक्षमा चापागाईँ

योगदान राष्ट्रका लागि अभियान यूएईको अध्यक्षमा चापागाईँ

मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौं । योगदान राष्ट्रका लागि अभियान यूएईको अध्यक्षमा दिवस चापागाईँ चयन भएका छन् । योगदान राष्ट्रका लागि अभियानका केन्द्रिय अध्यक्ष ओम उप्रेतीको प्रमुख आथित्यतामा गत आइतवार वरदुबईमा सम्पन्न भएको उक्त भेलाले चापागाईँको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

    452279071_4258825567677118_2658967865232743468_n.jpgयसैगरी उपाध्यक्षमा अनिस भण्डारी, सचिव प्रवेश कंडेल, सह-सचिव मनोज उप्रेती र कोषाध्यक्षमा राजु शर्मा चयन भएका छन् । भने सदस्यहरुमा मुक्ति उप्रेती,अर्जुन भण्डारी, दिपक थापा, प्रदिप सापकोटा, शुसील लामिछाने, हरि बहादुर वि.क.,नरेन्द्र खड्का, कृष्ण प्रसाद खतिवडा, राधा अधिकारी, अविरल परियार, सागर उप्रेती, सन्तोष खड्का, जानुका गैरे घिमिरे, कृष्ण श्रेष्ठ, शर्मिला कार्की सर्वसम्मत रुपमा चयन भएका छन् ।

    images

    भेलाले महिला संयोजकमा अनिता अधिकारी, सल्लाहकारहरु पूर्ण वलि, देवराज खत्री, राजु खत्री र प्रेस सल्लाहकारमा फलेन्द्र मगरलाई चयन गरेको छ ।

    योगदान राष्ट्रका लागि अभियानले गत जुन ३० गते दुबईमा प्राथमिक उपचार सम्बन्धि जनचेतना,मोटिभेसनल तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष एवं प्राथमिक उपचार सम्बन्धि अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीको अध्यक्षतामा र युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार