Nov 02 2026 | २०८३ कार्तिक १७ गते

गगनलाई मोहनको व्यंग्य- बोकाले दाँइ हुने भए गोरु चाहिँदैन

गगनलाई मोहनको व्यंग्य- बोकाले दाँइ हुने भए गोरु चाहिँदैन

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले कांग्रेसलाई चलाउन नसकेको टिप्पणी गरेका छन्।काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालसमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले काम गर्न नसकेको बताए। स्थानीय तहदेखि केन्द्रसम्म बहुमतम रहेको पार्टीलाई थापा नेतृत्वमा आएपछि धरासायी बनेको उनको भनाइ थियो।

    सभापति थापाले युवाको नारा लगाए पनि उनले केही गर्न नसकेको बस्नेतको जिकिर थियो। ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछु,’ बस्नेतले व्यंग गर्दै भने, ‘बोकाले दाँइ हुने भए गोरु चाहिँदैन। गगन आएपछि पार्टी चलेको छैन।’उनले थापा नेतृत्वमा आउनअघि सबै निकायमा कांग्रेस बहुमतमा रहेको उल्लेख गरे। ‘वडा, पालिका, प्रदेश, संसद्मा कांग्रेसको बहुमत थियो। राष्ट्रिय सभामा मात्रै थिएन। त्यसमा पनि एमालेसँग मिलेर सभापति देउवाले बहुमत बनाउनुभयो,’ बस्नेतले भने, ‘गगनजी तपाईले पार्टीलाई धरासायी बनाउनुभयो। तपाईबाट पार लाग्दैन।’

    images

    उनले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताए। ‘देउवाको नेतृत्वमा कांग्रेस शीर्षस्थानमा पु¥याएर मुलुकलाई निकास दिनुपर्ने अवस्था छ,’ उनले भने।यदि युवा भन्ने हो भने थापालाई पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे। आफू थापासँगै प्रतिस्पर्धा गर्दै आएको उल्लेख गर्दै बस्नेतले भने, ‘तपाईले लड्नु भएन भने म पनि कुनै चुनाव लड्दिनँ। युवालाई जिम्मा लगाउनुस्।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार