Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुदूरका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ

सुदूरका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडाैँ ।सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।

    नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार