Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बीपीले शेरबहादुरजीलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता : शशांक कोइराला

बीपीले शेरबहादुरजीलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता : शशांक कोइराला

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले पार्टी एकजुट बनाउनका लागि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन्।शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

    ‘यो भेलाको आयोजना गर्नुपर्‍यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो।’उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे।

    images

    ‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो।उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्‍यौं।’उनले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको पनि बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार