काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन् । उनी हिजोमात्रै नेपाल फर्किएका थिए।जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।
उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । हिजो काठमाडौं आएका देउवा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो।
भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ।भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो।



