Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीबीच भेटवार्ता तय भएको छ।उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो।

    गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल थियो।छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल उपस्थित थिए।

    images

    गृहमन्त्री सुधन गुरुङ आमन्त्रित थिए, तर गएनन्।सो छलफलमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति (छानबिन समिति) बन्नुपर्ने’ बताएका थिए । उनले आइजीपी लगायतका अधिकारीलाई आरोप लगाएका थपिए । त्यसको आइजीपीले पनि प्रतिवाद गरेका थिए।

    यो विषयमा प्रश्न उठेपछि सभामुखले चासो दिएर बिहीबार लेखा समितिका सभापति र सचिवसँग पनि छलफल गरेका थिए । सभामुखले समिति र सांसदहरूको मर्यादाको ख्याल गर्ने र यस्ता घटनाहरू हुन नदिनेका लागि सबै जिम्मेवार हुनुपर्ने धारणा राख्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार