Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सिंहदरबार पुगेर प्रधानसेनापति सिग्देलले किन भेटे प्रधानमन्त्री शाह?

सिंहदरबार पुगेर प्रधानसेनापति सिग्देलले किन भेटे प्रधानमन्त्री शाह?

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ।केही बेरअघि (शुक्रबार) प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्।प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानसेनापति सिग्देल आएको र प्रधानमन्त्रीसँग भेटघाट चलिरहेको बताए पनि छलफलको विषय बारे भने जानकारी नभएको बताए।

    यस्तै नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटघाटको बारेमा आफू जानकार नरहेको बताए।रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेटघाट नियमित भएको सेनाको दाबी छ।यसअघि साउन १९ गते पनि प्रधानमन्त्री शाह र सेनापति सिग्देलबिच भेटघाट भएको थियो।

    images

    त्यतिबेला भने गोकर्णमा सेनाको संरक्षणमा रहेको नेपाल ट्रष्टको जग्गामा सैनिक अधिकारीलाई अट्टेर गरेर प्रधानमन्त्रीकै दल रास्वपाका सांसद राजु पाण्डे नेतृत्वमा डोजर चलाइएको विषयमा छलफल भएको थियो।उक्त भेटमा सेनापतिले यस विषयमा असन्तुष्टि जनाएको दाबी प्रधानमन्त्री कार्यालय स्रोतको छ।प्रधानमन्त्री र सेनापतिको भेटपछि सांसद पाण्डेले पनि विज्ञप्ति निकालेर उक्त विषयमा स्पष्टिकरण दिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार