Nov 03 2026 | २०८३ कार्तिक १८ गते

जेनजी आन्दोलनमा संलग्न र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दै सरकार

जेनजी आन्दोलनमा संलग्न र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दै सरकार

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । सरकारले जेनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गरिरहेको छ। गृह मन्त्रालयका सचीव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो।प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचीव श्रेष्ठले यस्तो जानकारी दिएका हुन्।

    बैठकमा समिति सभापति समीक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइरहेको छ भनेर सोधेकी थिइन्।जवाफमा गृहसचीव श्रेष्ठले अध्ययन भइरहेको बताएका हुन्।जेनजी आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको जानकारी उनले दिएका हुन्।

    images

    गृह सचीव श्रेष्ठले भनेका छन्, ‘कति मुद्दा छन्, कस्तो अवस्थाम छन् र कसरी मुद्दा फिर्ता हुन सक्छ भनेर प्रतिवेदन तयार भएर सिफारिस भएपछि उक्त सिफारिसका आधारमा निर्णय हुन्छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार