Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रोल्पाको सुनछहरी पहिरो : एक जनाको मृत्यु, ३ जना बेपत्ता

रोल्पाको सुनछहरी पहिरो : एक जनाको मृत्यु, ३ जना बेपत्ता

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । सुनछहरी गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।सुनछहरी गाँउपालिका-२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा रहेकी ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

    उक्त घरमा अन्दाजी ७० वर्षका वीरबहादुर घर्तीमगर, उनकी श्रीमती अन्दाजी ६५ वर्षीय शनी घर्तीमगर र लली घर्तीमगर बसेका थिए । ललीको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।त्यस्तै सुनछहरी-२ कै गिट्ठेमा बस्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले परेको छ । पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए।

    images

    बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।यसअघि रोल्पाकै थबाङमा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । त्यहाँ पनि तीन जना अझै बेपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार