Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एक जनाको मृत्यु

ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एक जनाको मृत्यु

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । खोटाङमा ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एकको मृत्यु भएको छ।दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडी झर्दा पाख्रिबास नगरपालिक-३ धनकुटाका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।

    साउन २९ गते बिहान ४ बजेको झिसमिसमा काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै भुईंमा खसेका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए।

    images

    ट्याक्टरबाट सुल्केर झरेको मुढासँगै खसेका मगरको सोही मुढाले किचिएर मृत्यु भएको हो।घटनाको जानकारी आए लगत्तै अस्थायी प्रहरीचौकी छितापोखरीबाट खटिएका प्रहरी वरिष्ठ हवल्दार उमाकान्त राय नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गरेका छन्।ट्याक्टर चालक महालक्ष्मी नगरपालिका-३ धनकुटाका १९ वर्षीय सुनिल गुरुङलाई अस्थायी प्रहरीचौकी छितापोखरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार