Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि शेरबहादुर देउवा

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि शेरबहादुर देउवा

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रुपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् ।

    राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले भने ‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ ।’

    images

    राष्ट्रिय भेलाको उद्घाटन समारोह  दिउँसो १ बजे सुरु हुने विश्वकर्माले जानकारी दिए ।  पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने विश्वकर्माले बताए ।

    ३० गते बिहा ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसपछि १२ बजेसम्म बन्द सत्र हुने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याइने विश्वकर्माले जानकारी दिए ।

    भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको विश्वकर्माले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार