Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कोशी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखबिच भेट, मन्त्रीहरूकाे राजीनामाबारे जानकारी

कोशी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखबिच भेट, मन्त्रीहरूकाे राजीनामाबारे जानकारी

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन्।

    विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश प्रमुख खापुङ भेट्न पुगेको थियो । भेटका अवसरमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए।

    images

    उनले नयाँ मन्त्रीहरू सोमबारसम्ममा आउने विषयमा पनि प्रदेश प्रमुखलाई जानकारी दिएको बताए।प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्री कार्कीले जिम्मा लिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार