Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पञ्चायतकालमा पनि न्याय दिएको अदालत हो, मलाई पूरा विश्वास छ : शेरबहादुर देउवा

पञ्चायतकालमा पनि न्याय दिएको अदालत हो, मलाई पूरा विश्वास छ : शेरबहादुर देउवा

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताएका छन् । बिहीबार स्वदेश फर्किपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेताकार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

    ‘संविधानसभाले ल्याएको हो, गणतन्त्र । मैले ल्याएको हो ?,’ देउवाले भने, ‘मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि ।’ जनता नै मालिक भएको बताउँदै उनले अगाडि भने, ‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो, यो मालिकले जे भन्यो त्यही हुन्छ।’

    images

    नेपाली जनता र नेपाली अदालतमाथि आफूलाई पूरा विश्वास रहेको पनि देउवाले बताए । ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ देउवाले भने।आफू भोलिका दिनमा पनि लडिरने देउवाले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार