Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पत्रकार श्रेष्ठको पक्राउ र कम्प्युटरलगायतका सामग्री जफत गरेको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार श्रेष्ठको पक्राउ र कम्प्युटरलगायतका सामग्री जफत गरेको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार श्रेष्ठको निवासमा खानतलासी र सञ्चार माध्यमको कार्यालयमा समेत छापा मारिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो।

    काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायतका सामग्री जफत गरिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो।

    images

    'सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

    null 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार