Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै : शशांक कोइराला

नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै : शशांक कोइराला

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन्।

    सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा अदालतको रोक्का आदेश (स्टे अर्डर) नरहेको उल्लेख गर्दै उनले देउवाकै नेतृत्वमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने उनले बताए।

    images

    कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे। संस्थापन समूह र गगनकुमार थापा नेतृत्वको पक्षप्रति लक्षित गर्दै उनले सानेपा कांग्रेस छुट्टिएर गएको बताए।

    विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन् वा के गर्छन् उनीहरूको कुरा हो। तर अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हुन्।’

    पार्टी एकता र कानुनी प्रक्रियाबारे थप्दै उनले भने, ‘अदालतबाट कुनै स्टे अर्डर आएको छ र? देउवा नै सभापति हुन्। पार्टीलाई एक ढिक्का बनाएर लैजाने हाम्रो प्रयास सधैँ रहन्छ।’पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको स्पष्ट पारिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार