काठमाडौँ । भक्तपुरको बोडे स्थित सुकुमबासी होल्डिङ सेन्टरमा एक जना मृत भेटिएका छन्।कृषि तालिम केन्द्र बोडेको होल्डिङ सेन्टरमा राखिएका ५७ वर्षीय हिरालाल पासवान बिहीबार मृत भेटिएका हुन्।बारा घर भएका पासवान कोठाको फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले बताए।
कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव भेटिएको डीएसपी कार्कीले जानकारी दिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदै छ । उनको शव पोस्टमार्टमका लागी केएमसी अस्पतालमा पठाइने डीएसपी कार्कीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



