काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासीले आत्महत्या गरेका छन् । कृषि विकास बैंक तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान आज बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
हिजो दिँउसोदेखि कोठाभित्रै बसेका उनी आज बिहान झुण्डिएको अवस्थामा भेटिएको सेन्टरमा रहेका सुकुम्बासीहरुले बताएका छन् । उनको मृत्युपछि प्रहरी होल्डिङ सेन्टर पुगेको छ ।
सरकारले टहरा भत्काएपछि यसअघि पनि एक सुकुम्बासीले आत्महत्या गरेका थिए ।



