काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गरिएको रिट सुनुवाइ गर्न आज (बिहीबार) का लागि पेसी तोकिएको छ।
सात वर्षअघि (२०७६ सालमा) वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको इजलासमा पेसी तोकिएको हो।प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेल छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरे पनि तत्कालीन दुई प्रधानमन्त्री र मुख्यसचिव लिलामणि पौडेललाई प्रतिवादी नबनाएपछि माघ २९ गते न्यौपानेले रिट दायर गरेका थिए।तर रिट दायर गरेको ७ वर्ष हुँदा पनि छिनोफानो भएको छैन।अख्तियारले छानीछानी कसैलाई उन्मुक्ति दिनु गैरकानुनी रहेको निवेदकको दाबी छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन तत्कालीन प्रधानमन्त्रीले नीतिगत निर्णय गरेको आरोप लगाइएको छ।तत्कालीन दुवै पूर्वप्रधानमन्त्री र मुख्यसचिवलाई पनि प्रतिवादी बनाउन अख्तियारलाई आदेश दिन रिट निवेदनमा माग गरिएको छ।



